मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ।
सोमबार बेलुकी नवलपरासीको बर्दघाटमा मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा गएराति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पैदल हिडिरहेका इन्स्पेक्टर वाग्लेलाई सोमबार बेलुकी ८ बजे लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
काठमाडौंको बसुन्धाराका बासिन्दा इन्स्पेक्टर वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए।
उनलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।