म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान साढे दुई बजेतिर आगलागी भएको छ ।
बेनी नगरपालिका ८ स्थित न्यूरोडको छाप्रामा रहेका डेरी पसल र किराना पसलमा आगलागी भएको हो ।
आगलागीबाट लाखौं मुल्य बराबरका सामान जलेर नष्ट भएका छन् । स्थानीय जीवनबहादुर विश्वकर्माको एकतलाको छाप्रोमा रहेको रघुगंगा डेरी र नतिजा किराना स्टोर्समा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट दुवै पसलमा रहेका सामानहरु जलेर नष्ट भएका छन् । सुरुमा डेरी पसलबाट सल्केको आगलागी संगै जोडिएको नतिजा स्टोर्समा पुगेको थियो । यहाँ रहेका खाद्यन्नको गोदाममा ठूलो क्षति पुगेको छ ।
आगलागी भए लगत्तै प्रहरीले दमकलको साहयतामा आगलागी नियन्त्रणको प्रयास गरेको थियो । आगलागीबाट लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीको एकीन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।