काठमाडौं उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ ।
यसबारे निर्णय गर्न आज (मंगलबार) दिउँसो २ बजे काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्न लागेको हो । आज बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको जनाइएको छ ।
यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ । केही दिन यता कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु संक्रमितले भरिन थालेका छन् ।
वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो । अहिले काठमाडौं उपत्यकामा विद्यालय, मठमन्दिर, नाइट क्लवलगायतका क्षेत्रबाहेक सबैजसो पसल, व्यवसाय खुला गरिएको छ ।