logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा ११ हजार भन्दा बढीले लगाए भेरोसेलको दोस्रो डोज


अंकुरण खबर
949
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियान अन्तर्गत कपिलवस्तुमा सोमबार भेरोसेल खोपको दोस्रो डोज ११ हजार ६ सय २५ जनाले लगाएका छन्।

जिल्लाको बाणगंगा नगरपालिकामा ३२६१, शिवराज नगरपालिकामा २२७४, कपिलवस्तु नगरपालिकामा १७१२ कृष्णनगर नगरपालिकामा ६४१, विजयनगर गाउँपमलिकामा , ५९५ मायादेवी गाउँपमलिकामा ३६० शुद्दोधन गाउँपमलिकामा ४३८ जनाले भेरोसेलको दोस्रो डोज खोप लगाएका छन् ।

यस्तै,  महाराजगंज नगरपालिकामा ४०३, यशोधारा गाउँपमलिकामा ३८१ र वुद्दभुमि नगरपालिकामा १५६० जनाले भेरोसेलको दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो ।