logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

एकैदिन थप ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु


अंकुरण खबर
910
Shares

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १९ हजार १२३ नमूना परीक्षण गर्दा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो।

५९ सय ६ नमूनाको एन्टिजेन विधीबाट परीक्षण गर्दा १७ सय १० जना र १३ हजार २१७ नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१ सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३५ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।

पछिल्लो २४ घन्टामा २१ सय १५ जना कोरोनामुक्त भएका छन्।