नेकपा(एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने बताएका छन् ।
उनले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने अडान राखेका हुन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक विद्यार्थी सम्मान कार्यक्रममा ओलीको टाङमुनि नछिर्ने बताएका हुन्
‘हामी ओलीको टाङमुनि छिर्नेवाला छैर्नौं, अध्याँरो सुरुङमा जानेवाला छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चूनौति दिईनेछ । तिनीहरुलाई माथ गरेर नै अगाडि बढिनेछ’ उनले भने, ‘त्यसो हुनाले यस धर्तीमा साहसी र बहादुर व्यक्तिहरुको मात्रै कदर हुन्छ ।’
नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरुलाई फेरि जिताएर ल्याउने दावी गरे ।