नेपाल टेलिकमले गतवर्ष जस्तै यसवर्ष पनि एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि एसईई अफरसहित निःशुल्क सिमकार्ड, डाटा र भ्वाइस प्याक उपलब्ध गराउने भएको छ ।
उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ । साथै विद्यार्थीसँग पहिले नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराइने व्यवस्थासमेत गरिएको टेलिकमले जनाएको छ ।
क्बदपय एजयलभ
नयाँ सिमकार्ड प्राप्त गर्नको लागि विद्यार्थीले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो नागरिकताको फोटोकपी संलग्न गरी फारम भर्नुपर्नेछ ।
सिम लिइसकेपछि विद्यार्थीले प्याक प्राप्त गर्नको लागि नयाँ मोबाइल नम्बरबाट ८१६००३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्छ ।
टेलिकमले पुरानो तथा नयाँ सिममा अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म दैनिक एक सय एमबी डाटा, १० मिनेट कल र १० वटा एसएसएम प्राप्त हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उल्लेखित सुविधाहरु नेपाल टेलिकमको नेटवर्कमा मात्र लागू हुनेछ ।
जोशीका अनुसार सो अफर नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत उपलब्ध हुनेछ । प्याकमा रु. ५० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।
उक्त सुविधा छ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनस बापत यसरी प्राप्त हुने सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।