logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
923
Shares

कोहलपुर नगरपालिका ५ पृथ्वीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

स्थानीय लोकराज शर्माको घरमा पलम्बर काम गर्ने क्रममा कैलाली घोडाघोडी नगरपालिका ४ का २६ वर्षीय दिपेन्द्र चौधरीको मृत्यु भएको हो।

उनलाई मंगलबार बिहान करेन्ट लागेर ढलिरहेको अवस्थामा फेला पारी उपचारको लागि मेडिकल कलेज कोहलपुर ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।