logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बस्दै


अंकुरण खबर
1.3K
Shares

मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव दर्तापछिको कदमबारे निर्णय गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले अविश्वासको प्रस्तावबारे छलफल गरेर दिशा तय गर्नेबारे छलफल गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाएको बताए ।

एमाले संसदीय दलको बैठक बिहान ८ बजेपछि मुख्यमन्त्री निवासमा बस्ने उनले जानकारी दिए । बुधबार दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन डाकिएको छ । त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो।

दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने वा मुख्यमन्त्रीले राजीनामा दिने भन्ने टुंगो लगाउने बताइएको छ ।

शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन्। बहुमतका लागि ४१ सांसद चाहिन्छन्। विपक्षी गठबन्धनसँग भने सभामुख सहित ४२ सांसद छन्।