logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषामा भजनकीर्तन गर्दा माइकबाट करेन्ट लागेर दुई जनाको मृत्यु


अंकुरण खबर
1.833K
Shares

धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा प्रवाह भएको करेन्ट लागेर दुई कीर्तनमण्डलीको ज्यान गएको छ।

क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेका छन्।

दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।