लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेश सुरु हुनु केहीबेरअघि उनले राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख अमिक शेरचनले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि पोखरेलकै मन्त्रिपरिषदलाई कार्यभार तोकेका छन् ।