logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परीक्षाको प्रवेश पत्र देखाएर विद्यार्थीले कोरोनाको खोप लगाउन पाउने


अंकुरण खबर
611
Shares

परीक्षाको प्रवेश पत्र देखाएर विद्यार्थीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्।

विद्यार्थी संगठनहरुको चर्को दबाबपछि सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप प्रदान गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

यसअघि विद्यार्थीहरुले खोप बिना परीक्षामा सहभागी नहुने भन्दै विभिन्न चरणमा दबाबमूलक प्रदर्शन गरेपछि सरकार अन्ततः परीक्षार्थीलाई खोप लगाउन राजी भएको हो।

अब परीक्षाको प्रवेशपत्र देखाएर विद्यार्थीहरुले प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउन पाउनेछन्।