समाचारस्वास्थ्य

आजबाट यी स्थानमा विद्यार्थीलाई खोप दिँदै

आजबाट विद्यार्थीलाई खोप दिइदै छ ।

परीक्षामा सहभागी हुने विद्यार्थीहरुले आजबाट खोप लगाउन पाउँने छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै अहिले परीक्षा दिइरहेका र तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेसंगै यस्तो निर्णय भएको हो ।

आजबाट सुरु भएको खोप काठमाडौं उपत्यकाका विद्यार्थीका लागि ५ वटा केन्द्र तोकिएको छ ।

विद्यार्थीले प्रवेश पत्र देखाएर सिभिल अस्पताल मीनभवन, नेपाल प्रहरी अस्पताल महाराजगंज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, सैनिक अस्पताल छाउनी र राधा स्वामी आइसोलेशन खोप केन्द्र सामाखुसीमा खोप लगाउन सक्ने छन् ।

खोप बिहीबार, शुक्रबार र शनिबार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने छ ।

Comment here