logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त


अंकुरण खबर
2.522K
Shares

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री कुलप्रसाद केसी बनेका छन् ।

नेकपा माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलका नेता केसी मुख्यमन्त्री पदमा बिहीबार नियुक्त भएका हुन् ।

माओवादीसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी मुख्यमन्त्री बनेका हुन् ।

नेकपा एमालेका शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि केसी मुख्यमन्त्री बनेका हुन् ।

बुधबार नै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसी मुख्यमन्त्री बनेका हुन् ।