logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु


अंकुरण खबर
832
Shares

पछिल्लो २४ घन्टामा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार १५ हजार ४ सय ६२ पीसीआर तथा एन्टीजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म ७ लाख ९८ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार २ हजार २ सय ९४ जना संक्रमित निको भएका छन् । योसँगै मुलुकभर कोरोना संक्रमण उपचारपछि निको हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ ।

यस्तै पछिल्लो १४ घन्टामा कोरोनाबाट थप ३२ जनाको निधन भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।