नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
आज अपरान्ह ४ बजे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।
राष्ट्र बैंकले एक महिना ढिला गरी मौद्रिक नीति सार्वजानिक गर्न लागेको हो ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिमा कोभिड नियन्त्रण तथा रोकथाम गर्ने कुरालाई विशेष प्रथामिकता राखेको थियो ।
यस वर्ष निर्धारित समयमै अध्यादेशमार्फत बजेट आए पनि मौद्रिक नीति सार्वजनिक हुन एक महिना ढिलाइ भएको हो ।