logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

साहस ऊर्जाले जारी गर्‍यो आईपीओ, कसले भर्न पाउँछन् ?


अंकुरण खबर
1.339K
Shares

साहस ऊर्जा लिमिटेड परियोजनाले साधारण शेयर निष्कासन गरेको छ ।

परियोजनाले आजबाट ३५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । आजबाट परियोजनाले पहिलो चरणमा परियोजना प्रभावित सोलुखुम्बुका सर्वसाधारणका लागि आबेदन खुलाएको छ ।

पहिलो चरण अन्तर्गत आजबाट स्थानीय आयोजना प्रभावितले भदौ ११ सम्ममा आवेदन दिन पाउने छन् । आवेदकले १० कित्तादेखि धेरैमा १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन मिल्ने छ ।

कम्पनीले शेयर बिक्री वितरण तथा निष्कासनको जिम्मा एनआईबीएल एस क्यापिटलले शेयर बिक्री वितरण तथा निष्कासको जिम्मा लिएको छ । परियोजनाले ८६ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यराखेको छ ।