logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो सुनको मूल्य, घट्यो चाँदी


अंकुरण खबर
754
Shares

साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँ बढेको छ।

आज सुन तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बिहीबार सुन ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। यस दिन चाँदी रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।