Breaking Newsस्वास्थ्य

बालबालिका र किशोर किशोरी लक्षित ४० लाख डोज खोप ल्याइने, खोप मार्च २०२२ सम्ममा आइपुग्ने

बालबालिका र किशोर किशोरीका लागि लक्षित गरि सरकारले ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ ।

२०२२ मार्चसम्ममा नेपाल आइपुग्ने गरि सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरेर मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको हो ।

सरकारले कोभ्याक्ससँग विश्व बैंकको वित्तिय सहयोगमा लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि ‘गाभीसँग सम्झौता गरेको हो ।

विश्व बैंकले १०४ मिलियन डलर कोरोना महामारी विरूद्ध जुट्न उपलब्ध गराएकोमा खोप किन्न मात्र ६७.५ मिलियन खर्च गर्ने छ ।

Comment here