आज देशका विभिन्न स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक आएको छ । आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य देखी पूर्ण बदली भै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज राति देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही विभिन्न भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा नदी खोलाका तटीय क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ ।