नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।
शनिबार भएको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो ।
अध्यक्ष दाहालले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका छन् ।
शनिबारको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।