logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उकालो लाग्यो सुनचाँदीको मूल्य, आज तोलाको कति ?


अंकुरण खबर
676
Shares

अघिल्लो साता तीब्र गिरावट आएको सुनचाँदीको मूल्यमा आज सुरुवाती दिनमै मूल्यमा बृद्धि भएको छ ।

आज साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले बृद्धि हुँदै ९० हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

आज तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँ कायम भएको छ ।