logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू, प्रचण्डको प्रतिवेदनमा छलफल हुने


अंकुरण खबर
1.144K
Shares

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

शनिबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

आजको बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रचण्डको प्रतिवेदनमा छलफलका लागि ११ वटा उपसमूह बनाइएको छ । समूहगत रूपमा छलफल पछि टोली नेताहरूले समूहको निश्कर्ष केन्द्रीय कमिटी बैठकमा राख्नेछन् ।

माओवादी केन्द्रको हिजो बसेको बैठकमा प्रचण्डले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।

केन्द्रीय कमिटीले राष्ट्रिय सम्मेलनको मिति पनि टुंगो लगाउने छ ।