प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका-२ का ३६ वर्षीय कान्छालाल मोक्तान र ४० वर्षीय धनबहादुर योन्जन रहेका छन् ।
उनीहरुको साथबाट सालकको एक केजी ५ सय ग्राम खपटा बरामद भएको सीआईबीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार बुझाइएको छ ।