माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तावित अन्तरिम विधान-२०७८ छलफका लागि पेस गरिएको छ।
प्रस्तावित उक्त अन्तरिम विधानमा पार्टीको केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुने उल्लेख छ। सो समितिको पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने विधानमा उललेख छ।
अन्तरिम विधानमा प्रस्ताव गरिएअनुसार केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहेको पोलिटब्युरो समिति बनाइनेछ भने सो पोलिटब्युरोमा रहेको कुल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहने गरी स्थायी समिति बनाइनेछ।
दैनिक कार्य सञ्चालनका लागि पार्टी अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहित आवश्यक संख्यामा सदस्यहरू राखेर एक केन्द्रीय कार्यालय बनाउने पनि प्रस्तावित विधानमा उल्लेख छ।