logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरबाट करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


अंकुरण खबर
1.144K
Shares

प्रहरीले करणी र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-ड स्थित २‍७ वर्षीया शम्भु महरा भन्‍ने शम्भु रबिदास रहेका छन् ।

उनलाई धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७७ साल असोज २६ गते राति १ बजे धनुषा कमला न.पा. ८ स्थित महिलामाथि जवरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

जिल्ला अदालत जनकपुरधाममा पेश भई मुद्दा बिचाराधिन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए ।

हातहतियार मुद्दामा पक्राउ परेका फरार प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेश गरेको इलाका प्रहरी कार्यालय धनुषाले जनाएको छ  ।