कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
आज बैठक पौडेलनिवास बोहोराटारमा बस्न लागेको हो । महाधिवेशनको मिति तय भएपछि यस विषयमा कसरी अघि बढ्ने भन्ने बारे नजिक भएका र राय मिल्ने साथीहरुको बीचमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता भदौ २ गते टुंगो लगाइसक्ने निर्णयका सन्दर्भमा छलफल हुने बताइएको छ ।