logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा रहेका नेपालीबारे अध्ययन गर्न संयन्त्र निर्माण


अंकुरण खबर
1.872K
Shares

सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि समिति गठन गरेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा परराष्ट्र सचिव भरतराज पौडेलले परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिएका हुन् ।

अफगानिस्तानमा रहेका नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको उनले जानकारी दिए । समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेने उहनले बताए।

अफगानिस्तानमा हाल करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ । काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ । उनीहरुले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले बताए ।

तालिवान लडाकूहरु आइतबार दिउँसो अफगानिस्तानको राजधानी कावुलमा प्रवेश गरेका छन् । काबुल प्रवेश गरेसँगै अमेरिकाले आफ्ना दूतावासका कर्मचारीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको छ । अमेरिकी अधिकारीहरुले आफ्नो दूतावासका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उठाएर एयरपोर्टतर्फ लगेको बीबीसीले जनाएको छ ।