प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारको प्रवन्ध सरकारले मिलाउने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले आफ्ना नागरिको उद्धारमा सरकार सजग र गम्भीर रहेको बताएका हुन् । आइतबार नै आफूले नेपाली नागरिकको उद्धारका लागि निर्देशन दिइसकेको उनले उल्लेख गरेका छन् ।
‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापू्र्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’