logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कारको ठक्करबाट झापामा स्कुटरमा सवार एकजनाको मृत्यु


अंकुरण खबर
1.183K
Shares

झापाको बाह्रदशी गाउँपालिका–७ सिमल चोकनजिक कारको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।

गए राति करिब साढे १० बजे प्रदेश १, ०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ च ७२७७ नम्बरको कारले ठक्कर दिएको हो ।

कारको ठक्करबाट घाइते भएका स्कुटर चालक स्थानीय २८ वर्षीया प्रमिता कार्की र सोही ठाउँकी ३२ वर्षीया सरस्वती मगरलाई उपचारको लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको थियो । उपचारको क्रममा सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।