नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज छापावाला सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन प्रतितोलामा ९० हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।
यता, चाँदीको मूल्यमा पनि तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदी तोलामा एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।