logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानका नेपालीको उद्धारमा सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्  : प्रचण्ड


अंकुरण खबर
1.313K
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि अविलम्व प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफू र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

“यस आपातकालीन अवस्थानमा सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार हो । परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्,” प्रचण्डले लेखेका छन्।

यसका लागि आफ्नो व्यक्तिगत एवं माओवादी पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने प्रचण्डले उल्लेख गरेका छन् ।