logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरको रिटमाथि आज सुनुवाइ


अंकुरण खबर
1.118K
Shares

जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

ठाकुर निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति हुने भन्दै सर्वोच्च पुगेका थिए ।