सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको घटनाप्रति गम्भीर चासो राख्दै शिघ्र नेपालीको उद्दार गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ ।
तालिबान विद्रोही काबुल प्रवेश गरेपछि आ–आफ्ना देशले नागरिक फिर्ता लैजान थालेका छन् । अफगानिस्तानमा झण्डै १५ सय नेपाली औपचारिक रुपमा कार्यरत रहेको बताइएको छ ।