logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते, तीन जनाको अवस्था गम्भीर


अंकुरण खबर
806
Shares

पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट जादै गरेको  लु १ ज २९९२ जीप आज बिहान तानसेन नगरपालिका वार्ड ७ सालघारीमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेमा तानसेन नगरपालिका वार्ड ७ का २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँमा २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षका हुमबहादुर सारु, ३३ वर्षका विक्रम नेपाली, २९ वर्षका अनुज पल्ली, ३० वर्षका सोमबहादुर न्यौपाने , २८ वर्षका योगेश सारु, ३३ वर्षका पवनकुमार ग्राह, ३५ वर्षका सन्तोष गैरे रहेका छन् ।

यस्तै तानसेन नगरपालिका वार्ड ६ का ३३ बर्षीय चालक सोम राना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

सबै घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।