logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगामी बिहीबारसम्म यी तीन प्रदेशमा भारी वर्षा हुने


अंकुरण खबर
754
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाले आउने बिहीबारसम्म तीन प्रदेशमा भारी वर्षा हुने अनुमान गरेको छ।

महाशाखाले आज विज्ञप्ति जारी गर्दै देश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको हो ।

अझै तीन दिन देशभर मनसुन सक्रिय रहने हुनाले मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई भूभाग नजिकै रहेको छ । जसका कारण अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको महाशाखाले विज्ञप्तिमा जनाएको छ ।

यस अवधिमा दिउँसोभन्दा रातको समय वर्षा लामो समय हुने बताइएको छ । विभागले प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको तथा  नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।