logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

उदयपुरमा ६० वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ   


अंकुरण खबर
793
Shares

उदयपुरमा ६० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

आइतबार साँझ ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेशबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो  ।

साउन २ गते सुनुवारले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।