उदयपुरमा ६० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
आइतबार साँझ ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेशबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।
साउन २ गते सुनुवारले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।