नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक शाक्यले आफूलाई सोही पदमा ‘थमौती गरिपाउँ’ भन्दै सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत आफ्नो अधिकार हनन भएको दावी गरेका छन् । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग समेत गरेको सर्वोच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
सरकारले शाक्यलाई सचिव सरहको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति दिएको छ ।