आज सोमबार, सेयर कारोबार साताको दोस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अंकमा पुगेको छ ।
लगातार उकालै उकालो लागिरहेको नेप्से मौद्रिक नीति जारी भएसँगै ओर्लिन थालेको हो ।
आज सोमबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५६ अंकले बढेको छ भने मौद्रिक नीति जारी भएपछिको दोस्रो कारोबारको दिन आज कारोबार रकम पनि पहिलो दिनको तुलनामा ओरालो लाग्दै १६ अर्बभन्दा कममै सिमित भएको हो ।
हिजो आइतबार २४ अंकले नेप्से घटिरहँदा कारोबार रकम भने २१ अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको थियो ।
सोमबार १ लाख ५९ हजार ९३ कारोबार हुँदा कारोबार रकम १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँ पुगेको छ ।