logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक क्विन्टल गाँजासहित एक जना पक्राउ


अंकुरण खबर
728
Shares

जनकपुरधामबाट एक क्विन्टल लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१९ का ३५ वर्षीय वीरबहादुर बलोनलसईलाई सोमबार साँझ जनकपरधाम उपमहानगरपालिका–४ मुरलीचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई बा५च १४० नम्बरको पिकअप भ्यानमा गाँजा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटेको सिभिल टोलीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।