जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आजदेखि बस्ने भएको छ ।
दुई दिनसम्म चल्ने बैठकको एजेन्डा तय गर्न हिजो कार्यकारिणी समितिको बैठक बसेको थियो ।
हिजो बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा पेस हुने एजेण्डा तय गरेको नेता नवराज सुवेदीले जानकारी दिए । बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्नेछन ।
त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने भएका छन् ।
यस्तै बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिने सुवेदीले बताए । अभियानको संयोजकको रुपमा अशोक राईको नाम प्रस्ताव गरिएको छ ।