logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ३२ सय ७४ जनामा कोरोना भाइरस, २७ जनाको मृत्यु


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घन्टामा थप ३२ सय ७४ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा परीक्षण गराएका १७ हजार ६८९ नमूनामा यो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

११ हजार ५६५ नमूनाको पीसीआर र ६ हजार १२४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो।

जसमध्ये २४ सय ५६ जनाको पीसीआर र ८१८ नमूनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।

मंगलबार १९ सय २९ जना कोरोनामुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ।

यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ४४ हजार ५२८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हाजर ८७१ पुगेको छ।