logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्ना लडाकुलाई मानिसको घरमा प्रवेश नगर्न तालिबानको आदेश


अंकुरण खबर
1.313K
Shares

तालिबानले आफ्ना लडाकुलाई कुनै पनि मानिसको घरमा प्रवेश नगर्नका लागि आदेश जारी गरेको छ ।

विशेषगरी राजधानी काबुलमा रहेका दूतावासका गाडीलाई हस्तक्षेप नगर्नू भनी आदेश दिएको छ ।

तालिबानका उप-नेता मौलवी याकुबले यस्तो आदेश जारी गरेका हुन् ।

तालिबानका मानिसले लुटपाट गरेको रिपोर्ट आएपछि यस्तो आदेश आएको बताइएको छ । तालिबानले लुटपाटमा संलग्न मानिसलाई कडाभन्दा कडा कारबाही गरिने पनि बताएको छ ।

तालिबानले सबै सरकारी कर्मचारीहरूलाई काममा फर्किन लगाएको छ । मंगलबार काबुलका केही भागमा बेकरी र औषधि पसल खुलेका छन् ।

काबुलस्थित एक टिभी च्यानलमा एक महिलाले एक तालिबानको नेतासँग अन्तर्वार्ता लिएकी थिइन् ।