logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्चीमा बाढीले थप ३ घर बगायो,तटीय क्षेत्रमा जोखिम कायमै


अंकुरण खबर
715
Shares

मेलम्ची नदीमा पुनः बाढी आउँदा ३ ओटा घर बगाएको छ ।

सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बुधबार बिहानदेखि मेलम्ची माथि लगातार पानी परी आएको बाढीले मेलम्ची नगरपालिका ६ का तीन वटा घर बगाएको हो । बाढीले स्थानीय कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हो ।

पहिलेको जस्तो ठुलो बाहावको बाढी नभएको र त्यी घरका मानिसलाई पहिलेनै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने भएको छैन् ।

पानी पर्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका मानिसलाई सुरक्षित रहन पहिलेनै जानकारी गराएको उपरीक्षक अधिकारीले जानएका छन् । यद्यपी अझै तटीय क्षेत्रमा थप घर र बाटोसमेत जोखिममा रहेका छन् ।