logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हालसम्मकै उच्च विन्दुमा नेप्से परिसूचक


अंकुरण खबर
1.872K
Shares

कारोबारको चौथो दिन (बुधबार) नेपाली शेयर बजार नेप्से फेरि नयाँ रेकर्ड बनेको छ ।

नेप्से परिसूचक यसअघिको नयाँ रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० विन्दुमा पुगेको छ । नेप्से १.२१ प्रतिशतले बढेको हो ।

इन्ट्रा डे कारोबारमा भने नेप्से परिसूचक ३२२० माथि पुगीसकेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८३ अंकले बढेर ५९८.११ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि उछाल देखिएको छ ।

२२८ वटा कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २ सय ७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका १३ उपसमूहमा ११ वटा उपसमूहको सेयर बढेको छ । बाँकी २ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक र फाइनान्सको सूचक बढेको छ ।

बुधबार ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शिवम् सिमेन्ट, अरूण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त र अरूण काबेली पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन नेशनल हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७८ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ ।