नेकपा एमाले विभाजित भएको छ ।
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरि आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपाल संयोजक रहने पार्टीको चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।
नेता नेपालको पार्टीमा हाल ९५ सदस्यीय केन्द्रीय कमिटी हुने जनाइएको छ ।