logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा पनि फुट्यो : महन्थ ठाकुरले दर्ता गरे जसपा लोकतान्त्रिक, चुनाव चिन्ह साइकल


अंकुरण खबर
1.014K
Shares

बुधबार नेपाली राजनीतिमा दुई दलहरु फुटेका छन् ।

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेकै दिन जसपा पनि फुटेको छ ।

११ साउनमा आधिकारिकता गुमाएर पार्टीविहिन भएका नेता महन्थ ठाकुरले सरकारले आफूलाई सजिलो हुने अध्यादेश ल्याइदिएपछि निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् ।

दलको नाम जसपा लोकतान्त्रिक राखिएको छ भने चुनाव चिन्ह साइकल राखिएको छ ।

नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुने उल्लेख छ।

एकल अध्यक्ष प्रणाली राखिएको नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहेका छन् ।