logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताकेश्वरबाट जुवातास खेलेको आरोपमा नौ जना पक्राउ


अंकुरण खबर
1.105K
Shares

महानगरीय प्रहरी परिसर काठमाडौंले जुवातास खेलेको आरोपमा तास र नगदसहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौंको ताकेश्वर नगरपालिका-८ भेटघाट चोकस्थित मुना बुढाथोकीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत बालाजुबाट खटिएको टोलीले ९ जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले ६ बुक र नगद रु.२ लाख ६९ हजार ९ सय रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई जुवा ऐन अनुसार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।