logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल


अंकुरण खबर
1.469K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

हिजो सरकारले दल विभाजन गर्न सजिलो हुने गरि अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नयाँ दल दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।