नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ ।
बिहीबार छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ ।
यता, चाँदी ११ सय ८० रुपैयाँमा कारोबार भएको महासघंले जनाएको छ ।